कार्यक्रम - स्पर्श

रेडियो स्टेसन - तिनाउ 98.2 एफ.एम.

समय - हरेक मंगलवार राती ९:१५ वजे

अवधी - १ घण्टा

श्रोत, सामग्री - गजल, नेपाली सुगम संगित का केही आवाजहरु

लक्ष्यीत वर्ग - नेपाली साहित्य र विशेषत गजल मा रुची राख्ने सम्पुर्ण मन हरु।

उद्धेश्य - नेपाली गजल लाई चिनाउनु र तपाई को गजल लेखन् प्रतिभा लाई विकास गर्नु।

कार्यक्रम उत्पादन - अशोक गौतम क्षितिज

सहयोगी - रोशन थापा, शनिस, वावुराम गैरे र संगम सारु (वुटवल अनलाईन)

ई-मेल - sparsa.tfm@gmail.com

संपर्क - ०७१-४३७६७९ (स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)

प्रस्तोता - अशोक गौतम क्षितिज

गजल

0 comments
प्रदेशीको अन्तिम खबर सुन्दै छौ भने बहिनी।
म आउने दिन बिर्सीदिनु गुन्दै छौ भने बहिनी।

तिहारमा दाजुलाई चिनो एउटा दिन्छु भन्दै,
छाडिदिनु है बुकि रुमाल बुन्दै छौ भने बहिनी।

एउटा फूल काफी भो म माथि चढाउनलाई,
दुख नगरे है माला पनि उन्दै छौ भने बहिनी।

भारा लाग्ला तिम्रो मलाई,तिर्न पनि सक्दिन कि,
नकिन्नु है मलाई कपडा चुन्दै छौ भने बहिनी।

बाचा दिए टिकाको दिन आउने छ आत्मा घरमा,
खोलेर राख्नु झ्याल ढोका त्यो थुन्दै छौ भने बहिनी।

राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)



Read more...

गजल

1 comments
आश्वासनको अर्को पोको थमाएर गए
सोझा साझा नेपाली लाइ मनाएर गए||

झण्डा बोकी आए कोही गुञ्जाउदै नारा
सुतेका थे केटा केटी बिँयुझाएर गए||

पाए होला उन्ले पनी अलिकती चाट्न
सहमती गर्ने चिठ्ठी पठाएर गए||

समय नै कहाँ थियो हाम्रा ब्याथा सुन्ने
आफ्नै मात्र फुस्रा कुरा बताएर गए||

चियापान समारोह सित्तैमा थ्यो त्यहाँ
गल गिद्द खाए पछी लजाएर गए ||

जीतु खड्का गाउले
Read more...

गजल

0 comments
सयपत्री गोदावरी, फूल्छ होला मेरो देशमा ।।
देशै भरि दिपावली, हुन्छ होला मेरो देशमा ।।
म यता विदेशमा, रुदै होलीन् दिदि वहिनी
कति मन तिहारमा, दुख्छ होला मेरो देशमा ।।

राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप
Read more...

गजल

0 comments
सयपत्री मखमली आगनी मा फुलेहोलान्,
वेशी तिर पंहेलीदै मास्री धान झुलेहोलान्।

प्रदेश वाट फर्किएका हर्के रामे स्यामे पनि,
हाम्रै घरको अघि वाट दिंउसी गाउदै डुलेहोलान्।

रामे प्रवास हुंदा खेरी पोहोर दिदी रोकी थिईन्,
यस पाली त भाई आको उन्का दिन खुलेहोलान्।

प्रवासीको जिवन् यस्तै चाडपर्व मा रुनु पर्छ,
खोरखोरे र पासा खेल मा सवै पाका ठुलेहोलान्।

यो मन पनि रुने गर्छ विगदको तिहार संझी,
डांडा माथी लिंगे पिङ मा सवै जना भुलेहोलान्।

अशोक गौतम क्षितिज
Read more...

गजल

1 comments
तिहार बिशेस गजल सवाल र जवाफ सहित
दाजु-
यो पाली नि प्यारी बैनी आउन पाइन तिहारमा
तिम्रो हातको टिका माला लाउन पाइन तिहारमा

बैनि-
दाजु हजुर न आईदिदा रुवाउँछ भाई टिकाले
सयपत्री मखमली सुकाउँछ भाई टिकाले

दाजु-
साथी सङ्गी जम्मा हुँदै तिम्ले देउसी भट्टाउँदा
तिमी सङ्गै देउसी भैलो गाउन पाइन तिहारमा

बैनि-
मेरो यौटै दाजु पनि प्रवासैमा बास हुँदा
अब मेरा आँशुहरु चुवाउँछ भाई टिकाले

दाजु-
तस्बिरमा भए पनि सप्तरङ्गी टिका दिनु
देउसी भन्दै पारी गाउँ धाउन पाइन तिहारमा

बैनि-
सबै सङ्गी खुशी हुँदै मखमली माला उन्छन
फोटो हेर्छु अनि मुटु दुखाउँछ भाई टिकाले

दाजु-
के हो के हो रमादान अनि के के ईद अरे!
मुदिरको अनुमती पाउन पाइन तिहारमा

बैनि-
था'छ दाजै हजुरको मन मुटु यतै हुन्छ
अर्को साल रुने मन बुझाउँछ भाई टिकाले

दीपक पुन (दीप अँधेरी)
मक्रहर-९, रुपन्देही
Read more...
 
Sparsa © 2012 sparsatfm.blogspot.com. Supported by Tinau FM Design By Sangam Saru