सुस्ता संगै लुम्विनी दुख्ने हो की पिर लाग्छ,
मेरो सगरमाथा पनि झुक्ने हो की पिर लाग्छ।
राजनिती को वांध भित्र नदी नाला सांघुरिदा,
कोशी अनि कर्णाली नि सुक्ने हो की पिर लाग्छ।
रास्ट्र हांक्ने जिम्मा लिई चुनिएका खेलाडी नै,
सिमा पारी सरण लिन पुग्ने हो की पिर लाग्छ।
विकास निर्माण शिक्षा स्वास्थ्य सुधार गर्ने ढुकुटी लाई,
आफ्नै वाउको पेवा ठानी फुक्ने हो की पिर लाग्छ।
मेरी आमा कराउंदैछिन् मेरो झण्डा डराउदै छ,
विस्व वाटै नेपाल नक्सा लुक्ने हो की पिर लाग्छ।
२०६८/०७/२९ गते स्पर्श मा वाचन गरिएको गजल
गजलकार- विजय राज ज्ञवाली
प्रगतीनगर ८ कैलाशचोक नवलपरासी,

0 comments:
Post a Comment