अधरले डसेको डाम छ अँझै पनि..!!
मुटुको कुनामा नाम छ अँझै पनि..!!
उसैको बाहुमा रमाउ सदाबहार..
तिमीलाई यो दिलमा ठाम छ अँझै पनि..!!
त्यो धागो चुटेको चङ्गा झैँ भाको छु...
कसैलाई बाँचेर काम छ अँझै पनि..!!
मेरो यो खुशीमा तँगारो समाज थ्यो..
मुखमा कसेको लगाम छ अँझै पनि..!!
उहिल्यै मर्थे म तड्पिदै तड्पिदै..
तन्तुमा त्यो रगत जाम छ अँझै पनि..!!
नितान्त एक्लो मा बाँच्या छु कस्को लागी...??
रहिम छ न कतै राम छ अँझै पनि..??
(लक्ष्मण मिलन विष्ट)
कालिकास्थान अछाम
हाल मुंबई
प्रसारण मिति : असोज ९ गते मंगलबार २०६९
0 comments:
Post a Comment