कार्यक्रम - स्पर्श
रेडियो स्टेसन - तिनाउ 98.2 एफ.एम.
समय - हरेक मंगलवार राती ९:१५ वजे
अवधी - १ घण्टा
श्रोत, सामग्री - गजल, नेपाली सुगम संगित का केही आवाजहरु
लक्ष्यीत वर्ग - नेपाली साहित्य र विशेषत गजल मा रुची राख्ने सम्पुर्ण मन हरु।
उद्धेश्य - नेपाली गजल लाई चिनाउनु र तपाई को गजल लेखन् प्रतिभा लाई विकास गर्नु।
कार्यक्रम उत्पादन - अशोक गौतम क्षितिज
सहयोगी - रोशन थापा, शनिस, वावुराम गैरे र संगम सारु (वुटवल अनलाईन)
ई-मेल - sparsa.tfm@gmail.
संपर्क - ०७१-४३७६७९ (स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)
प्रस्तोता - अशोक गौतम क्षितिज
झ्याउरे लयमा सवाल जवाब गजल
छोरा
फाटेको तिम्रो, फेरन चोलि, जान्छु म प्रदेश
सुखका दिन , हेरन भोलि, जान्छु म प्रदेश
आमा
फाटेकै चोलि, सिएर लाउला, नजाउ प्रदेश
खोले र सिस्नो, मिलेर खाउला, नजाउ प्रदेश
छोरा
कतिपो बस्नु, साहुको दास, लाचार भयर्
नझारे आमा, आसुका खोलि, जान्छु म प्रदेश
आमा
गरीब बनि, जन्मिए पछि, सहनु पर्दछ
चुहेको छानो, खरले छाउला, नजाउ प्रदेश
छोरा
ॠणको माथि, थपिन्छ ॠण, जतीनै गरेनि
सक्दिन सुन्न, साहुको बोलि, जान्छु म प्रदेश
आमा
नभाको ॠण, कोछर यहाँ, सँसार यस्तै छ
मेला र पतम, साहुका जाम्ला नजाउ प्रदेश
छोरा
बाचेत भने, पठाम्ला धन्, मरेत शरिर
खुशीले तिम्रो, भरन झोलि, जान्छु म प्रदेश
आमा
चाहिन्न खुशी, चहिन्न धन्, ठुला ति महल
तिमीनै बिना, केखुशी पाउला, नजाउ प्रदेश्
अबिनास सारु मिलन
मक्रहर ९ रुपन्देही
हाल दोहा कतार
गजल प्रसारण मिति कार्तिक ११ २०६९
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment