निधारमा टीका लाएर दसैं मान सानु
कानमा जमरा घुसारेर दसैं मान सानु
म आउँछु आउँदिन तैपनि के थाहा ?
विसर्िएर सबै दुःखहरु दसैं मान सानु
सोध्न सक्छ छोराले बाबा खोइ भनी
मीठो मसिनो खुवाएर दसैं मान सानु
आमाले सोध्लिन खोई बाबु भन्लिन
उनको आँसु पुछेर दसैं मान सानु
पीङमा पीडालाई चढाएर तिम्ले नानु
खुसी ओठमा सजाएर दसैं मान सानु
दल बहादुर गुरुंग
पाल्पा ६- दोभान
प्रसारण मिति ३० असोज २०६९
0 comments:
Post a Comment