कार्यक्रम - स्पर्श

रेडियो स्टेसन - तिनाउ 98.2 एफ.एम.

समय - हरेक मंगलवार राती ९:१५ वजे

अवधी - १ घण्टा

श्रोत, सामग्री - गजल, नेपाली सुगम संगित का केही आवाजहरु

लक्ष्यीत वर्ग - नेपाली साहित्य र विशेषत गजल मा रुची राख्ने सम्पुर्ण मन हरु।

उद्धेश्य - नेपाली गजल लाई चिनाउनु र तपाई को गजल लेखन् प्रतिभा लाई विकास गर्नु।

कार्यक्रम उत्पादन - अशोक गौतम क्षितिज

सहयोगी - रोशन थापा, शनिस, वावुराम गैरे र संगम सारु (वुटवल अनलाईन)

ई-मेल - sparsa.tfm@gmail.com

संपर्क - ०७१-४३७६७९ (स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)

प्रस्तोता - अशोक गौतम क्षितिज

गजल

0 comments

कति माया गर्छु भनि देखाउँ कसरी?
रिसाएकी प्रियसीलाई मनाउँ कसरी?

म उनैको लागि अनि ऊनि मेरो लागि
यहिँ कुरा निष्ठुरीलाई बुझाउँ कसरी?

तिम्रो पिँडा ति निर्दोषी आँखाबाट झर्छ
झरि जस्तै मेरो आँशु लुकाउँ कसरी?

पागल मन,के मान्थ्यो र तिमीलाई भुल्न
धड्कन् सँगै बहने याद् मेटाउँ कसरी?

अन्तिम् पल्ट भेट्न आऊ,अन्तिम् अनुरोध छ
तिम्रो मुहार नहेरि त म जाउँ कसरी??

अतृप्त कमल
बुटवल,मुर्गिया
प्रसारण मिति : असोज ९ गते मंगलबार २०६९      

0 comments:

Post a Comment

 
Sparsa © 2012 sparsatfm.blogspot.com. Supported by Tinau FM Design By Sangam Saru