कार्यक्रम - स्पर्श

रेडियो स्टेसन - तिनाउ 98.2 एफ.एम.

समय - हरेक मंगलवार राती ९:१५ वजे

अवधी - १ घण्टा

श्रोत, सामग्री - गजल, नेपाली सुगम संगित का केही आवाजहरु

लक्ष्यीत वर्ग - नेपाली साहित्य र विशेषत गजल मा रुची राख्ने सम्पुर्ण मन हरु।

उद्धेश्य - नेपाली गजल लाई चिनाउनु र तपाई को गजल लेखन् प्रतिभा लाई विकास गर्नु।

कार्यक्रम उत्पादन - अशोक गौतम क्षितिज

सहयोगी - रोशन थापा, शनिस, वावुराम गैरे र संगम सारु (वुटवल अनलाईन)

ई-मेल - sparsa.tfm@gmail.com

संपर्क - ०७१-४३७६७९ (स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)

प्रस्तोता - अशोक गौतम क्षितिज

गजल

0 comments
जसको लक्ष्य आफ्नै खप्परतिर घुम्छ ।
त्यसैले नै सफलताको शिखर चुम्छ ।

बुझ्छ जब यो देह अर्काको शिकार हो
अनि बल्ल मन बुध्दिलाई लक्ष्यमा हुम्छ ।

आफ्नो कर्तव्य नै थाहा भएन मान्छेलाई
त्यसैले त गिद्दले जस्तै गरि सिन्हो ठुम्छ ।

आफ्नो कर्मै भूलेर अधिकार मात्रै खोज्दा
हात खालि हून्छ र आफ्नै अस्तित्व गुम्छ ।

भौतिक विलासमै आशक्त बढेपछि
मदिरा र सुन्दरीकै बगलमा झुम्छ ।

कामनाकै पूर्तिमा लिप्त भयो भने त्यो
पशु बन्छ र भोग विलासि निन्द्रामै उम्छ ।

उहि ऋषिराम लम्साल
कुलिनखोला स्याङ्गजा हाल यू ए ई

प्रसारण मिति : असोज ९ गते मंगलबार २०६९    

0 comments:

Post a Comment

 
Sparsa © 2012 sparsatfm.blogspot.com. Supported by Tinau FM Design By Sangam Saru