जब जब रात पर्दै जान्छ उसको काउकुतीसंगै म झस्किन्छु | निदाउन खोज्छु उसको कारण म निदाउन सक्दिन | मनभरि काउकुती लाग्छ | उसको आगमन संगै म माथि हलचल सुरु हुन्छ | मिठो निन्द्रा कुनै बेलाको अहिले बिर्सी सके | निन्द्रा भन्दा उसको काउकुती मिठो लाग्छ | आनन्द लाग्छ |
हरेक दिन रात संगै प्रबेस गर्दा उसको झल्को आउछ, उसको काउकुतीको झल्को आउछ, यादमा त फुरुंग हुन्छु भने साच्चै उ समिप आउदा कस्तो हुदो हो, जस्ले पनि काउकुतीको अनुमान लगाउन सक्नुहुन्छ |
मलाई रात संगै काउकुती लगाउने कुनै रातकि राजकुमारी होइनन | लाग्दो हो तपाइलाई मैले कुनै सपना देख्दो हुँ | होइन | बिपनामा पनि एक्लो हुन्छु तर एक्लो महसुस हुदैन कैले किनकि मेरो समिपमा उसको उपस्थितिले मेरो एक्लो पन हराउछ |
रात परेपछि उनि आउदा दंग हुन्छु
काउकुतीमा झन झन झसंग हुन्छु
तिनाउको सुसेलीमा मिठो आगमन
मंगलबार र सनिबार म स्पर्स संग हुन्छु |
उनको केवल प्रतिक्षा मेरो लागि सधै
उनको लागि सधै गजलको उमंग उन्छु
रात उनलाई समर्पण साथ उनलाई
गजलकै कथा सधै गजलकै प्रसंग उन्छु
तिनाउको सुसेलीमा मिठो आगमन
मंगलबार र सनिबार म स्पर्स संग हुन्छु |
उफ् गजल अनि स्पर्स....
स्पर्सले मेरो मन सम्म स्पर्स गर्न लागेको दिन सम्झन्छु, हिजो जस्तो लाग्छ तर स्पर्ससंग मेरो समिप्यता निकै नजिकिएको छ, स्पर्ससंग प्रिती बसेको छ | स्पर्सको नसा नसामा दौडिन्छ यो मन, मेरो हरेक दुखाइ,भोगाई, रोदन, क्रन्दन, हासो, खुसि स्पर्ससंगै पोखिन्छ जसरि मनको मनसंग पोख्ने गरिन्छ | आखिर मनको नजिकको मान्छे भन्दा नजिक रहन सफल छ स्पर्स ...
तिनाउको सुसेलीमा उनिदै आउछ, छिपिदै गरेको रात जगाउदै आउछ, सबै सुत्न आतुर रहदा जाग्ने प्रयासमा रहन्छ स्पर्स ....जगाउने प्रयासमा रहन्छ स्पर्स हो म पनि जाग्छु र गजल रचनामा लाग्छु जनुई नजानी स्पर्स तिम्रो लागि ...
स्पर्स हरेक मनको स्पर्स बनेको छ | हिजो गजल लेख्न नजान्नेहरू गजलसंगै ताते ताते र बामे सर्ने भएका छन् आज.... जानी नजानी गजल सम्प्रेसन गर्छन, गजलमा रुची राख्ने र स्पर्सको समित्यता पाएकाहरु.... यो एउटा अजंग छहारी बनेको छ... गजल सुन्ने र गुन-गुनाउने चौपारी बनेको छ स्पर्स ... स्पर्सको नया स्रस्टा भर्खर बामे सर्दै छ... यो गोकर्ण गजल सिक्दैछ ..स्पर्स संग रात संग मिठो साथ पाउदै र गुन्गुनाउदै....हो स्रस्टा साथीहरु, कार्यक्रम श्रवन गरेर देश बिदेस बाट पनि स्पर्ससंगै रहेर स्पर्सको ढुकढुकीलाइ साथ दिने प्रयास यहाको ....अनि मेरो स्पर्सको लागि केब स्पर्सको लागि ........
याद आउदा कैले स्पर्स संगै रुन्छु
फेसबुक मा स्पर्सकै वाल भरि हुन्छु
कैले तिमि सुन भन्छु कैले म सुन्छु
जसोतसो स्पर्सकै समिपमा म हुन्छु
सिक्दै छु गजल लेख्छु स्पर्स छ साथी
स्पर्सले जे सिकाउछ मनमा सबै गुन्छु
साथीलाई सुन भन्छु म पनि सुन्छु
हरेक यात्रा संगै संगै हास्छु अनि रुन्छु
गोकर्ण "प्रकास " एडमिट साइबर ,बुटवल -१३ कलिका नगर (सिवालय मंदिर अगाड़ी)
प्रसारण मिति : असोज ९ गते मंगलबार २०६९
0 comments:
Post a Comment