कार्यक्रम - स्पर्श

रेडियो स्टेसन - तिनाउ 98.2 एफ.एम.

समय - हरेक मंगलवार राती ९:१५ वजे

अवधी - १ घण्टा

श्रोत, सामग्री - गजल, नेपाली सुगम संगित का केही आवाजहरु

लक्ष्यीत वर्ग - नेपाली साहित्य र विशेषत गजल मा रुची राख्ने सम्पुर्ण मन हरु।

उद्धेश्य - नेपाली गजल लाई चिनाउनु र तपाई को गजल लेखन् प्रतिभा लाई विकास गर्नु।

कार्यक्रम उत्पादन - अशोक गौतम क्षितिज

सहयोगी - रोशन थापा, शनिस, वावुराम गैरे र संगम सारु (वुटवल अनलाईन)

ई-मेल - sparsa.tfm@gmail.com

संपर्क - ०७१-४३७६७९ (स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)

प्रस्तोता - अशोक गौतम क्षितिज

गजल

0 comments
खडेरी लागेको बगर भो जिन्दगी ।
मनैमा पालेको रहर भो जिन्दगी ।।

आँफुले चाहेको नपाउँदा कल्हियै ।
पग्लेर योदिल नहर भो जिन्दगी ।।

साहरा बिहिन बाँच्नु पर्दा अहिले ।
सुतेको अधेरी शहर भो जिन्दगी ।।

सजाइ राखेको मेरो सप्ना टुटेसी ।
पिउँन नसक्ने जहर भो जिन्दगी ।।

खडेरी लागेको बगर भो जिन्दगी ।
मनैमा पालेको रहर भो जिन्दगी ।।

झुत्रेजेठा
हाल- यु ए ई
प्रसारण मिति : असोज ९ गते मंगलबार २०६९    


0 comments:

Post a Comment

 
Sparsa © 2012 sparsatfm.blogspot.com. Supported by Tinau FM Design By Sangam Saru