कार्यक्रम - स्पर्श

रेडियो स्टेसन - तिनाउ 98.2 एफ.एम.

समय - हरेक मंगलवार राती ९:१५ वजे

अवधी - १ घण्टा

श्रोत, सामग्री - गजल, नेपाली सुगम संगित का केही आवाजहरु

लक्ष्यीत वर्ग - नेपाली साहित्य र विशेषत गजल मा रुची राख्ने सम्पुर्ण मन हरु।

उद्धेश्य - नेपाली गजल लाई चिनाउनु र तपाई को गजल लेखन् प्रतिभा लाई विकास गर्नु।

कार्यक्रम उत्पादन - अशोक गौतम क्षितिज

सहयोगी - रोशन थापा, शनिस, वावुराम गैरे र संगम सारु (वुटवल अनलाईन)

ई-मेल - sparsa.tfm@gmail.com

संपर्क - ०७१-४३७६७९ (स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)

प्रस्तोता - अशोक गौतम क्षितिज

गजल

0 comments


कल्पनाको धरातलमा हराएर गजल लेख्छु
कैले कही आँफै देखी रमाएर गजल लेख्छु

मन का अनेक भाबहरु साहित्यमा उतार्नलाई
रदिफ र काफियामा ढलाएर गजल लेख्छु

राजनीतीको फोहोरी त्यो खेल बाट टाढा कतै
साहित्यलाई माया गर्ने बनाएर गजल लेख्छु

गजल नबुज्नेलाई पनि बुजाउने कोसिस गर्दै
स्पष्ट ति शब्दहरु सच्याएर गजल लेख्छु

कहिले हाँस्दै गरेकालाई रुन बाध्य हुने गरि
अनी कहिले रोएकालाई हसाएर गजल लेख्छु
-अशिष दनाई
बेसिशहर, लमजुङ
प्रसारण मिति : असोज ९ गते मंगलबार २०६९    

0 comments:

Post a Comment

 
Sparsa © 2012 sparsatfm.blogspot.com. Supported by Tinau FM Design By Sangam Saru