कार्यक्रम - स्पर्श

रेडियो स्टेसन - तिनाउ 98.2 एफ.एम.

समय - हरेक मंगलवार राती ९:१५ वजे

अवधी - १ घण्टा

श्रोत, सामग्री - गजल, नेपाली सुगम संगित का केही आवाजहरु

लक्ष्यीत वर्ग - नेपाली साहित्य र विशेषत गजल मा रुची राख्ने सम्पुर्ण मन हरु।

उद्धेश्य - नेपाली गजल लाई चिनाउनु र तपाई को गजल लेखन् प्रतिभा लाई विकास गर्नु।

कार्यक्रम उत्पादन - अशोक गौतम क्षितिज

सहयोगी - रोशन थापा, शनिस, वावुराम गैरे र संगम सारु (वुटवल अनलाईन)

ई-मेल - sparsa.tfm@gmail.com

संपर्क - ०७१-४३७६७९ (स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)

प्रस्तोता - अशोक गौतम क्षितिज

गजल

0 comments

सबैको दु:ख पिडा बुझ्ने, भगवान खोज्दैछु 
यो समाज परिवर्तन गर्ने, विद्वान खोज्दैछु 

किन हुन्छ भेदभाव, मान्छे मान्छे बीचमा 
सबैलाई समान रुपले हेर्ने,संविधान खोज्दैछु 

रगत सबैको रातो हुन्छ, किन बुझ्दैनन् खै 
तँ'तँ'म'म बीच किन हुन्छ, समान खोज्दैछु 

प्रेम सदभाव सहयोग, बिर्सनु हुन्न कहिल्यै 
सबैमा यस्तै चेतना पुर्याउने,वरदान खोज्दैछु 

धेरै पिर्सोलियौं हामि,अन्धकारको भुमरीमा 
विश्वभरि नै शु-शान्ति छर्ने,बिहान खोज्दैछु 

रोहित राना 
बुटवल-रुपन्देही 
हाल- काबुल,अफगानिस्थान

प्रसारण मिति : असोज ९ गते मंगलबार २०६९    

0 comments:

Post a Comment

 
Sparsa © 2012 sparsatfm.blogspot.com. Supported by Tinau FM Design By Sangam Saru