बिदेसी भुमिमा घर परिवारलाइ ..सम्झिदै यसरी चाड-वाडहरु मनाउन थालेको पनि धेरै भैसकेछ ,,,तैपनि नेपालमा पहिले पहिले दशैं/तिहारहरु मनाएको याद मनमा अझै आलो/ अनि ताजा छन! ...हो त्यो दिन अझैं मेरो मस्तिक्समा घुमी रहन्छ! जब मा पहिलो पटक विदेश जानु भनि घरछोडी हिडेको दिन त्यो पनि बडा दशैंको दिन थियो! आमा अनि हजुरआमाले निधारमा टिका लगाई आशिस दिएर रुँदै-रुँदै मलाई बिदा गर्नु भएको झल्झली सम्झिन्छु! मैले पनि मन थाम्न नसकी गहभरी पिलपिल आशु लिएर काठमाडौँ तिर लागेको दिन! मेरो साथि राजसंग एउतै बस चढी आफ्नो थलो छोडेको अहिले जस्तै लाग्छ तर समय बित्न कति नै पो लाग्दो रहेछ र, दिन,हप्ता,महिना हुदैन ७ बर्ष नै बिदिशीभूमिमा बिती सकेछ, रहर त होइन आम नेपाली को जस्तै बाध्यता भन्न रुचाउछु म!...यसरी बिदेसी भूमिमा रहेर पनि आफ्नो गाउँ/ठाउंको झझल्को मेटाउने एउटा माध्यम बनेकोछ तिनाउ ९८.२ FM अझ भानु प्रिय कायक्रम स्पर्स..जहाँ बिभिन्न गीत गजल गजलकारहरुको आफ्नै आवाजमा गज़ल सुन्दा विदेशमा रहेर पनि आफ्नै ठाउमा भएको महसुस गर्दछु!..अशोक जी को त्यो मिठो आवाजमा मेरो आफ्नै गज़ल सुन्न पाउदा निकै मिठो आभाष हुन्छ अनि त्यो घरपरिवार साथीसंगी म संगै मेरै छेउमा छन जस्तो लाग्छ!
कहिले मिलन कहिले बिछोड ..हाँसो/रोदन यी सबै जिन्दगीका यत्राहरु नै त रहेछन नि ..सायद जो कोहीको जीवन आउने गर्दछन ..यसो सम्झिन्छु केवल मलाइ मात्र त परेको रहेनछ ..सबैको जीवनमा यस्ता मोडहरु आउने जाने गर्दछन कसैको जीवनमा अविस्मरणीय क्षण बनेर त् कसैकोमा तितो अतित बनेर! सबैले बुझ्नु पर्ने कुरा के रहेछ भने त्यस्ता दुख सबै भुलेर जिन्दगिलाइ सहि मार्गमा हाँकी रहनु पर्दो रहेछ !! ...
चाड-वाडहरु नजिकिदै छन् एक मनले त अहिले नै नेपाल फर्कु लाग्छ तर के गर्नु मन थाम्नु सिवाय केहि कुनै अर्को बिकल्प देख्दिन ...सबै विदेशीहरुको मेरो जस्तै यस्तै बिडम्वना होला नि है! नेपाल फोन गरेर आमा/बाबालाइ ..यो साल पनि छुट्टी पाइन् .मैले .अर्काको देशमा भनेको बेलामा कहाँ छुट्टी मिल्छर आमा, यो साल यस्तै भयो आमा जसोतसो दशैं मनाउनु होला ...अर्को साल अवस्य संगै मनाउला यहि भन्दै बाबा-आमा लाइ टालटुल गर्नु सिवाय अर्को बिकल्प नै छैन ..यो आम नेपालीको पिडा हो!! मेरो पनि यस्तै भएकोछ यो सालको दशैं मान्न नपाउने भएको ...मैले पनि फोन गरेर यो साल आउदिन आमा अर्को साल आउछु भन्ने सिवाय केहि उपाय देखेको छैन...
यो बखतमा जीवन शर्माले गाउनु भएको गीत निकै याद आएको छ...यसपाली त यस्तै भो आमा अर्को साल आउनेछु दसैंमा ..भन्ने गीत गुनगुनाउदै मन थाम्नु परेकोछ!! बिदेशी भूमिमा आम नेपालीहरुले जस्तै ....
रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान
0 comments:
Post a Comment