घाम ढल्दै थियो वस्तीमा हिम श्रिङ्खलाहरुको आकृती देखा पर्दै थियो छाया बनेर । दिन भरि धर्ति रंगिन पार्ने सुर्यका किरणहरु निभ्दै थिए एका एक त्यो पारीको अपि सैपालमा ।
विस्तारै अध्यारो हुदै थियो ताराको जमात चाँदनीको वरीपरी झुम्मिदै थियो गाँउका बाँसघारीमा चराहरुको कोलाहल थियो र पनि मेरो आत्माले शान्ती पाएको थिएन ।
म, हो म! बादलको आकाशमा बिरजमान चाँदनी सँग विन्ती जोड्दै थिएँ किन की मेरो आस्थाको धरोहर बादलपारीको गाँउ अर्थात चाँदनीको देश स्वर्गमा सदाको लागी बसाई सरेका थिए ।धमिलो धुवामा कोठा भित्र कपाल सेताम्य भएकी मेरी पुजनिय आमाको नयनबाट बलिन्धरा आँशुले हाम फाल्दै थिए । वस्ती भरी दशैँको रौनकता छाएको थियो ।तर कागलाई बेल पक्यो हर्ष न बिस्मात भने झै हाम्रा लागी दशैँ थियो । बाबाको कारगीलमा बिरगती प्रप्त पछि हामीले आँशुको आहालमा निर्थुक्क भिज्नु परेको थियो । तत्पस्चात मेरो ठुल् दाई नेपाली सेनामा कार्यरत हुनु हुन्थ्यो ।
2058/फाल्गुन 4 गते शनिवारको राती बिर्दोही पक्षको ससक्त आक्रमणबाट अछामको ज्वालादल गण गुल्म मंगलसेनमा मेरो ठुल् दाईले अमरत्व प्राप्त गर्नु भयो ।त्यसै दिन देखी मेरो घरको खुशी लुटिएको थियो..!! यता भाउजु दुई सन्तान काखमा च्यापेर सेतो पहिरनमा पतिदेव अर्थात ठुल् दाईको स्मृतीमा रोई रहेकी थिईन उहाँका एक छोरा र एक छोरी आफ्नो आमाको आँशु पुछ्दै थिए भवहित भएर ।
घरको बत्ती निभेको थियो हजार खुशीहरु लुटिएका थिए बस् केवल अन्धकार थियो घरमा । दशैँको आगमन थियो घर घरमा । बिदेश गाका लाहुरे घर फर्किएको देख्दा आमा र भाउजुको आँखा ओभानो हुन्न थ्यो ।
म पनि मन् बस्मा राखौँ भन्दा भन्दै पनि आँखामा बर्षात भएर छातीमा पहिरो जान्थ्यो । हो त्यहि क्षण आज सम्झि रहेछु दशैँको आगमन हुँदा । दशैँ आउछ जान्छ तर म जस्तै आफन्त गुमाएका हजारौ को घरमा चुलोमा धुवाँ निस्किदैन । परन्तु यो पापि समाजले हेर्ने दृष्टिकोण भने फरक छ । म जस्तै अनाहक पिडा सहि रहेका कैयौ घर झुप्रा बस्तिमा रुवाबसी होला र पनि पल्लो घरमा जमरा छरेका छन् दशैँ मनाउन ।
तर म र मेरो जस्तै ब्याथा झेलि रहेका टुहुरा अनाथ अवला अर्धाङ्गिनी बिदुर विदुवाहरुको आगन सुनसान छ दशैँको मुखमा ।
यत्तिकैमा ठुल्दाईको फुच्चे अंकल भन्दै बुई चढ्छ म झस्किन्छु ।
समाप्त
लक्ष्मण मिलन विष्ट अछाम कालिकास्थान अछाम ।
हाल भारतको बिरानो शहर मुम्बै ।
0 comments:
Post a Comment