दशै आयो रे हिमाल पारि गाउँमा मेरो
उत्साह छायो रे म जन्मेको ठाउँमा मेरो
लहरे पिपलमा पिंग हाल्दै छन् रे साथी
सम्झदै होलि उसले तड्पिदै नाउँमा मेरो
घर पोत्दै रातो माटो होलिन मेरी आमा
जुवातासको रौनक चड्यो होला बाउमा मेरो
बिदेशबाट आएन दाइ भन्दै होलि बैनी पनि
ब्याज बुझ्ने आशा पलायो होला साहुमा मेरो
साथीभाईले हेर्दै होलान कुर्दै मेरो बाटो
कस्ले थाप्ला झन्डी-बुर्जा नाउँमा मेरो
दशै आयो रे हिमाल पारि गाउँमा मेरो |
गोकर्ण प्रकास
एडमिट साइबर कलिकानगर
प्रसारण मिति ३० असोज २०६९
0 comments:
Post a Comment