कार्यक्रम - स्पर्श

रेडियो स्टेसन - तिनाउ 98.2 एफ.एम.

समय - हरेक मंगलवार राती ९:१५ वजे

अवधी - १ घण्टा

श्रोत, सामग्री - गजल, नेपाली सुगम संगित का केही आवाजहरु

लक्ष्यीत वर्ग - नेपाली साहित्य र विशेषत गजल मा रुची राख्ने सम्पुर्ण मन हरु।

उद्धेश्य - नेपाली गजल लाई चिनाउनु र तपाई को गजल लेखन् प्रतिभा लाई विकास गर्नु।

कार्यक्रम उत्पादन - अशोक गौतम क्षितिज

सहयोगी - रोशन थापा, शनिस, वावुराम गैरे र संगम सारु (वुटवल अनलाईन)

ई-मेल - sparsa.tfm@gmail.com

संपर्क - ०७१-४३७६७९ (स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)

प्रस्तोता - अशोक गौतम क्षितिज

गजल

0 comments

पर्खाईमा नयन बिछ्याई रुँदै होलान् आमा-बाबा..!!
आगनीको डिलमा आँशु फुँदै होलान् आमा-बाबा..!!

मेरो सानो रुन्चे बाबु काख्मा च्यापी यति खेर..
भित्तामा छ मेरो तस्विर छुँदै होलान् आमा-बाबा..!!

दशधारा दुधको मुल्य तिर्न कहाँ सक्या छु र..
सम्झनामा भावहित हुँदै होलान् आमा-बाबा..!!

आँखा मा बर्षात होला मुटु मा पहिरो जाला..
र पनि त फाटेको मन् धुँदै होलान् आमा-बाबा..!!

दशैँ आयो घरदैलोमा रमाईलो हुँदै होला..
नयनबाट बर्षा सरी चुँदै होलान् आमा-बाबा..!!

लक्ष्मण मिलन विष्ट अछाम कालिकास्थान अछाम ।
हाल भारतको बिरानो शहर मुम्बै ।
प्रसारण मिति ३० असोज  २०६९ 

0 comments:

Post a Comment

 
Sparsa © 2012 sparsatfm.blogspot.com. Supported by Tinau FM Design By Sangam Saru