बलिन्धारा आँशु मेरो चुहाएरै गयो दशै।
प्रदेशमा रुवाउनु रुवाएरै गयो दशै।
टोलाउने रै'छु कामकै घर,गाउँ र साथि सम्झि,
मुदीरको गालि पनि खुवाएरै गयो दशै।
यो दशैमा चुहिने घरमा टिन लाउने बा'को धोको,
सपना सारा गर्वमै तुहाएरै गयो दशै।
टिका जमरा परै जाओस आफ्नो दिनभर गैचि खन्दा,
पसिनाले शरिर यो नुहाएरै गयो दशै।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)
गजल प्रसारण मिति : कार्तिक ११ २०६९
कार्यक्रम - स्पर्श
रेडियो स्टेसन - तिनाउ 98.2 एफ.एम.
समय - हरेक मंगलवार राती ९:१५ वजे
अवधी - १ घण्टा
श्रोत, सामग्री - गजल, नेपाली सुगम संगित का केही आवाजहरु
लक्ष्यीत वर्ग - नेपाली साहित्य र विशेषत गजल मा रुची राख्ने सम्पुर्ण मन हरु।
उद्धेश्य - नेपाली गजल लाई चिनाउनु र तपाई को गजल लेखन् प्रतिभा लाई विकास गर्नु।
कार्यक्रम उत्पादन - अशोक गौतम क्षितिज
सहयोगी - रोशन थापा, शनिस, वावुराम गैरे र संगम सारु (वुटवल अनलाईन)
ई-मेल - sparsa.tfm@gmail.
संपर्क - ०७१-४३७६७९ (स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)
प्रस्तोता - अशोक गौतम क्षितिज
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment