कार्यक्रम - स्पर्श

रेडियो स्टेसन - तिनाउ 98.2 एफ.एम.

समय - हरेक मंगलवार राती ९:१५ वजे

अवधी - १ घण्टा

श्रोत, सामग्री - गजल, नेपाली सुगम संगित का केही आवाजहरु

लक्ष्यीत वर्ग - नेपाली साहित्य र विशेषत गजल मा रुची राख्ने सम्पुर्ण मन हरु।

उद्धेश्य - नेपाली गजल लाई चिनाउनु र तपाई को गजल लेखन् प्रतिभा लाई विकास गर्नु।

कार्यक्रम उत्पादन - अशोक गौतम क्षितिज

सहयोगी - रोशन थापा, शनिस, वावुराम गैरे र संगम सारु (वुटवल अनलाईन)

ई-मेल - sparsa.tfm@gmail.com

संपर्क - ०७१-४३७६७९ (स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)

प्रस्तोता - अशोक गौतम क्षितिज

रात्रि गन्थन

0 comments

खुदेरोटी मलाई पटक्कै मन नपर्ने, भाइलाइ सेलरोटी मन पर्ने, बैनीले झररोटि अशाध्य मन पराउने, आमाले पैले फिनिरोटि पकाउछु भनेर लाग्नु भाछ | मेरो बुवा निकै सोझो केटाकेटी जे भन्छन त्यहि खान्छु भन्नुहुन्छ | यसपाली दसैंमा जमरा र टिका संगै आसिर्बाद, आसिर्बाद संगै प्रसादको रुपमा रोटि दिने मेरो गाउँको चलन | जेहोस यसपाली दशैंमा मेरो घरमा धुमधाम रमाइलो गरेर दशैं मनाउने रहर छ | बाबाले घोर्ले घसी काटेर दसैं मनाउने भन्नुहुन्छ मैले प्राणीको हत्या गरेर पनि दसैं सुभ हुन्छ र भनेर बाबालाइ सम्झाउदै थिए | बैनीले खसी खान नपाए दसैंको टिका लाउदिन है दादा भनेर पूर्व चेतावनी दिएकी छ | भाइ खसीको मासु भनेपछि दुइ पटक खान बस्नु परे पनि तयार हुन्छ | छिमेकि काकालाइ हल्का प्याक संग खसीको मासु खाने रहर छ, हिजो मात्र गुनासो गरेको सुनेको थे | यो दशैं कसैको दशा नबनोस ..

गाउँको लाकुरिमा साथीभाईले लुठे पिंग हाल्छन, मज्जाले मच्किदै परि गाउँकि कान्छीलाई बोलाउदा त्यो आनन्द सायद अन्त कोहि नमिल्दो हो | दशैंको लागि गाउँको श्याम प्रसादले हिजो एउटा दशैं गजल सुनायो....

दशै आयो रे हिमाल पारि गाउँमा मेरो
उत्साह छायो रे म जन्मेको ठाउँमा मेरो

लहरे पिपलमा पिंग हाल्दै छन् रे साथी
सम्झदै होलि उसले तड्पिदै नाउँमा मेरो

घर पोत्दै रातो माटो होलिन मेरी आमा
जुवातासको रौनक चड्यो होला बाउमा मेरो

बिदेशबाट आएन दाइ भन्दै होलि बैनी पनि
ब्याज बुझ्ने आशा पलायो होला साहुमा मेरो

साथीभाईले हेर्दै होलान कुर्दै मेरो बाटो
कस्ले थाप्ला झन्डी-बुर्जा नाउँमा मेरो
दशै आयो रे हिमाल पारि गाउँमा मेरो |

गजल सुन्दा मलाई निकै आनन्द आयो, प्रदेशियेका साथीले यो गजल सुने त मन पनि कस्तो हुदो हो, काम छोडेर घर फर्कु लाग्दो हो तर के गर्ने | रहर र समयको बेग एकै नहुने, समय थामिन्न रहर रोकेर बस्नु पर्छ |

साथीको गजल सुनेर मलाई पनि गजल सिर्जना गर्ने इच्छा जाग्यो...सुरु गरे..

सुनसान हुन्छ दशैं भन्छन बाबा सहरमा
घर सम्झेर दशैं मान्न आउदै छु घरमा

पत्री भरि जमरा र थाली भरि टिका
बित्न दिन्न दसैं बाबा रहरै रहरमा
घर सम्झेर दशैं मान्न आउदै छु घरमा

.................तर थोरै लेखेपछि कलम रोकियो, सब्द खोज्ने प्रयास गरे...
भेटिएन अर्को पटक लेखुला भनेर छेउ लगाइदिए....
जेहोस साथीहरु यो दशैं रमाइलो गरि मनाउने रहर छ | सम्पूर्णलाई आउदै गरेको बिजय दशैं को हार्दिक मंगल मय सुभकामना !

गोकर्ण प्रकास 
एडमिट साइबर  कलिकानगर 

0 comments:

Post a Comment

 
Sparsa © 2012 sparsatfm.blogspot.com. Supported by Tinau FM Design By Sangam Saru