हुर्केर पहेँला भए होलान आमाले छरेका जमराहरु।
फर्किदै गरेका फुलहरुमा घुम्दै छन होला भवराहरु।
घर सिर्गान रातो माटो अनि त्यो कमेरो लिन,
गाउँका सबै धाँउदै होलान पहाडका कुना कन्दराहरु।
बहेलि खेल्दा धानका बाला मन्द हावाको झोका सगै,
रमाउदै होलान लैबरि सगै गैरि खेतका गराहरु।
डाँडैमा लिङ्गे पिङ राख्दा ठुल्दाईलाई सघाउन,
आए होलान जुनु,फुलु पल्ला गाँउका अप्सराहरु।
सयपत्री अनि मखमलि पाखै भरि बुकि फुल्दा,
सजिए होला मेरो बस्ति वन-पाखा अनि छहराहरु।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)
प्रसारण मिति ३० असोज २०६९
0 comments:
Post a Comment