तिहार बिशेस गजल सवाल र जवाफ सहित
दाजु-
यो पाली नि प्यारी बैनी आउन पाइन तिहारमा
तिम्रो हातको टिका माला लाउन पाइन तिहारमा
बैनि-
दाजु हजुर न आईदिदा रुवाउँछ भाई टिकाले
सयपत्री मखमली सुकाउँछ भाई टिकाले
दाजु-
साथी सङ्गी जम्मा हुँदै तिम्ले देउसी भट्टाउँदा
तिमी सङ्गै देउसी भैलो गाउन पाइन तिहारमा
बैनि-
मेरो यौटै दाजु पनि प्रवासैमा बास हुँदा
अब मेरा आँशुहरु चुवाउँछ भाई टिकाले
दाजु-
तस्बिरमा भए पनि सप्तरङ्गी टिका दिनु
देउसी भन्दै पारी गाउँ धाउन पाइन तिहारमा
बैनि-
सबै सङ्गी खुशी हुँदै मखमली माला उन्छन
फोटो हेर्छु अनि मुटु दुखाउँछ भाई टिकाले
दाजु-
के हो के हो रमादान अनि के के ईद अरे!
मुदिरको अनुमती पाउन पाइन तिहारमा
बैनि-
था'छ दाजै हजुरको मन मुटु यतै हुन्छ
अर्को साल रुने मन बुझाउँछ भाई टिकाले
दीपक पुन (दीप अँधेरी)
मक्रहर-९, रुपन्देही
कार्यक्रम - स्पर्श
रेडियो स्टेसन - तिनाउ 98.2 एफ.एम.
समय - हरेक मंगलवार राती ९:१५ वजे
अवधी - १ घण्टा
श्रोत, सामग्री - गजल, नेपाली सुगम संगित का केही आवाजहरु
लक्ष्यीत वर्ग - नेपाली साहित्य र विशेषत गजल मा रुची राख्ने सम्पुर्ण मन हरु।
उद्धेश्य - नेपाली गजल लाई चिनाउनु र तपाई को गजल लेखन् प्रतिभा लाई विकास गर्नु।
कार्यक्रम उत्पादन - अशोक गौतम क्षितिज
सहयोगी - रोशन थापा, शनिस, वावुराम गैरे र संगम सारु (वुटवल अनलाईन)
ई-मेल - sparsa.tfm@gmail.
संपर्क - ०७१-४३७६७९ (स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)
प्रस्तोता - अशोक गौतम क्षितिज
Subscribe to:
Post Comments (Atom)
1 comments:
Nice gajal
Post a Comment